दयाहाङ र सिर्जनाको ‘कार्साङ’ पुस २६ मा प्रदर्शन

काठमाडौँ- दयाहाङ राई र सिर्जना निङ्लेखु मुख्य भूमिकामा रहेकाे फिल्म अभिनीत फिल्म ‘कार्साङ’ पुस २६ मा प्रदर्शन हुने भएको छ। फिल्मका निर्देशक यम शेर्पाले सामाजिक सञ्जालमार्फत पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन्।

सामाजिक कथावस्तुमा बनेको फिल्ममा दयाहाङ राई, सिर्जना निङ्लेखुसहित जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, प्रेम लोप्चन, डोमा ह्योल्मो, सृष्टि गौतम, छोकी शेर्पा, सुरवीर पण्डित, कर्मा शेर्पालगायत कलाकारको अभिनय छ। मुख्य कलाकार सिर्जनाले यही फिल्मबाट डेब्यु गरेकी हुन्।

फिल्म सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका क्षेत्रमा छायांकन गरिएको छ। यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुति रहेको फिल्मका निर्माता पुरुषोत्तम प्रधान हुन्। फिल्ममा उनकै डिओपी छ।

बिग बोस सिजन-१८ को होस्टमा फर्किंदै सलमान

काठमाडौं । बिगबोस ओटीटी सिजन-३ को होस्ट नगर्ने घोषणा गरेका बलिउड अभिनेता सलमान खानले कलर्स टिभीमा प्रसारण हुने ‘बिग बोस’ सिजन १८ मा फर्किने पक्का भएको छ ।

मंगलबार बिग बोसका निर्माताले सलमानलाई होस्टको रुपमा उनको इन्स्टाग्राम ह्याण्डलमा मेन्सन गर्दै यसबारे टिजर सार्वजनिक गर्दै फ्यानलाई सरप्राइज दिएका छन् ।

टिजरले चलिरहेको घडीको ग्राफिक देखाउँछ, त्यसपछि प्रतिष्ठित बिग बोसका आँखाहरू । यी दृश्यहरु प्रदर्शन हुँदा पृष्ठभूमिमा एउटा भ्वाइसओभरसहित भनिन्छ– बिग बोसले देख्नेछ घरबासीको भविष्य, अब हुनेछ समयको ताण्डव ।’

निर्माताले टिजर सेयर गर्दै लेखेका छन्, ‘हुनेछ मनोरञ्जनको पूर्ण मनोकांक्षा, जब समयको ताण्डव बिग बोसको नयाँ ट्वीस्ट लिएर आउँछ । के तपाईं बिग बोस सिजन १८ को लागि तयार हुनुहुन्छ ? क्याप्सनपछि ह्यासट्यागसहित होस्ट सलमान खानलाई उनको इन्स्टाग्राम ह्याण्डलमा मेन्सन गरिएको छ ।’

यो घोषणाले सलमानका प्रशंसक खुसी भएका छन् । एक फ्यानले टिप्पणी गरे, ‘ओएमजी ! म धेरै उत्साहित छु ।’ अर्को प्रतिक्रियामा लेखिएको छ, ‘वाह, वाह, म ताण्डवको लागि पर्खन सक्दिन ।’ यसअघि बिग बोस ओटीटी ३ को ब्यानरबाट सलमानको नाम हटाइँदा फ्यान निराश थिए । बलिउड अभिनेता अनिल कपुरले अन्ततः शोमा सलमानलाई रिप्लेस गरे ।’

खोज्नुहोस