साउथ स्टार नागा चैतन्यले गरे शोभिता धुलिपालासँग इन्गेजमेन्ट

काठमाडौं । दक्षिण भारतीय स्टार नागा चैतन्य र अभिनेत्री शोभिता धुलिपलाले बिहीबार इन्गेजमेन्ट गरेका छन् । अभिनेत्री सामन्था रुथ प्रभुसँग सम्बन्ध विच्छेदपछि चैतन्य शोभितासँग सम्बन्धमा रहेको चर्चा चलिरहेको बेला यी दुईबीच इन्गेजमेन्टको खबर बाहिरिएको हो ।

नागा चैतन्य र शोभिता धुलिपालाले बिहीबार इन्गेजमेन्ट गरेको फोटो र जानकारी सुपरस्टार तथा नागा चैतन्यका पिता नागार्जुनाले फेसबुकमार्फत दिएका छन् ।

नागा चैतन्य र शोभिता धुलिपालाले केही वर्षदेखि एकअर्कालाई डेट गरिरहेका थिए । उनीहरूबीच सम्बन्ध रहेको सामाजिक सञ्जालका पोस्टबाट अड्कलबाजी सुरु भएको थियो ।

‘शाम्बाला’ ओस्कार अवार्डमा जाने

काठमाडौं । मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ ले नेपालबाट आगामी ओस्कार अवार्ड प्रतिनिधित्व गर्ने भएको छ । नेपालबाट ओस्कारका लागि शाम्बाला फिल्मले मात्र आवेदन दिएपछि अब यो फिल्म ओस्कारका लागि शिफारिस हुने निश्चित बनेको हो ।

आवेदन दिने गत विहिबार अन्तिम मिति रहेको र शाम्बालाबाहेक अन्य कुनै पनि फिल्मले आवेदन नदिएको ओस्कारको नेपाल छनोट समितिले जनाएको छ । नेपालको छनोट समितिले फिल्मलाई आगामी नोभम्बरसम्म अमेरिका पठाइसक्नुपर्नेछ ।

ओस्कार अवार्डको ९७औं संस्करण आगामी मार्च ३ मा अमेरिकाको लस-एन्जलसमा आयोजना हुँदैछ ।

यस अघि विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सव समेत प्रदर्शन भएर प्रशंसा बटुलेको ‘शाम्बाला’ शुक्रबारदेखि नेपाली हलमा प्रदर्शन भएको छ । यस फिल्मको केहि दिनअघि मात्र काठमाडौँमा बलिवुडका चर्चित अभिनेता नवाजुद्दीन सिद्धिकी र निर्देशक अनुराग कश्यपको उपस्थितिमा प्रिमियर गरिएको थियो ।

खोज्नुहोस