आज नेपालले लिग २ मा ओमानसँग खेल्दै

काठमाडौं, २ असोज ।
आईसीसी विश्वकप लिग २ का लागि क्यानडा भ्रमण रहेको नेपाली टोलीले आज ओमानसँग खेल्दैछ ।

खेल नेपाली समयअनुसार किंग सिटी मैदानमा आज राति पौने ९ बजेदेखि सुरु हुनेछ ।

त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल आयोजक क्यानडासँग फराकिलो अन्तरले पराजित भएको थियो ।

नेपालले लिग २ को सुरुआत नै कमजोर प्रदर्शनबाट गरेको हो । ७ महिनाअघि घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिमा नेपालले ३ खेलमा हार बेहोरेको थियो । नामिबियासँग २ र नेदरल्याण्ड्ससँग एक खेलमा पराजित भएको थियो ।

 

क्यानडा भ्रमणका क्रममा पनि नेपालले हारको शृङखला दोहोर्‍याएको छ, जुन जित्न आवश्यक थियो । नेपाल शीर्ष स्थानमा रहँदै नम्बर वान एशोसिएट राष्ट बन्न देशबाहिरका खेल जित्न जरुरी छ ।

नेपाल लिग २ का पाँच खेलमध्ये ४ मा पराजित हुँदा २ अंकका साथ सातौं स्थानमा छ । आजको प्रतिस्पर्धी ओमान चार खेलबाट ३ अंक जोडेर नेपालभन्दा एक स्थान माथि छ । पछिल्ला पाँच खेलमा नेपाल ३ र ओमान २ खेलमा विजयी भएका छन् ।

यो सिरिजअन्तर्गत नेपालले क्यानडासँग अर्को खेल ६ गते र ओमानसँग ८ गते खेल्नेछ ।

ओडीआई सिरिजपछि नेपालले क्यानडा र ओमानसँगै टी(२० सिरिज पनि खेल्नेछ ।

त्यसपछि नेपालले क्यानडा वा ए टोलीसँग थप दुई एकदिवसीय अभ्यास खेल खेल्ने सम्भावना छ ।

यो सिरिज सकेर नेपाल लिग २ का लागि अमेरिका जानेछ । त्यहाँ अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक र टी(२० आई दुवै सिरिज हुनेछ ।

क्यानडा र अमेरिकामा हुने खेलका लागि क्यानले रोहित पौडेलको कप्तानीमा १६ सदस्सयीय टोली घोषणा गरेको छ भने जगत टमटालाई कन्सल्टेन्ट कोचसमेत नियुक्त गरेको छ ।

मनोरम त्रिवेणी, रमणीय आख्रिकोट

धनगढी, २ असोज । एक ऐतिहासिक दैविक धाम । पवित्र त्रिवेणी । भेरी, कर्णाली नदी र बाधें खोलाको संगम त्रिवेणी । बडिगाउँको यो त्रिवेणीमा आएर नुहाउनुस्, धुपवत्ती बाल्नुस् अनि शंखघण्टी बजाउनुस् । त्यसले छुट्टै आनन्द र शान्ति दिन्छ ।

श्री १००८ महा मण्डलेश्वर इश्वर चैतन्यजी महाराजले बडिगाँउ त्रिवेणीमा पुगेर भने, यो ठाऊँ अद्भुत र अलौकिक रहेछ  । ध्यान, योग र धाम बन्न सक्ने अपरम्पार सम्भावना बोकेको यो ऐतिहासिक देवभूमि हो।

त्रिवेणी नजिकै छ, आख्रिकोट । बडिगाउँको भ्युटावर भनेर चिनिने आख्रिकोट को त्यो उचाइमा बिशाल समथर फाँटमा टेक्दा जो कसैको मन आनन्दित हुन्छ ।  प्राकृतिक हिसाबले अत्यन्त रमणीय आख्रिकोटको प्रचार प्रसार हुन सके पर्यटकहरुका लागि आकर्षणको केन्द्र बन्ने पत्रकार भोजराट भाट बताउछन् ।

कैलालीको चिसापानीबाट करीव एक घण्टामा पुगिने कर्णाली नदीसंगै जोडिएका कैलाली र सुर्खेतका यी मनमोहक क्षेत्रहरु अहिलेसम्म ओझेलमा छन् ।

त्रिवेणी, आख्रिकोट र त्यो नजिकै रहेको शिबधामलाई जोडेर प्रचार गर्न सकिए यो क्षेत्रमा तिर्थाटनका लागि झत्तजनहरुको घुईचो लाग्ने बताईन्छ ।

घाटगाउँको भेरी-कर्णाली नदी किनारमा शिवधाम छ । नदी किनारका ढुंगाको भूबनोट देखेर चैतन्यजी महाराजले भने, यो देवगणहरुले मिलाएर राखेको, चित्र कोरेको ढुंगाहरु भएको आभाष हुन्छ । यहाँका हरेक ढुंगामा देवताको बास छ । यो ठाउँमा धुनी जगाउन आवश्यक छ ।

तस्वीरहरु : भोजराज भाट

खोज्नुहोस