लामिछानेजीले सहकारीको पैसा अपचलन गर्नुभएको अहिले पुष्टि भयो – सभापति देउवा

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी छानबिन समितिको अध्ययनपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको ‘एक महिने विशेष अभियानको शुभारम्भ गर्दै सभापति देउवाले लामिछानेले सहकारी ठगी गरेको विषय सुरुमा आफूलाई अपत्यारिलो लागेको बताए ।

सभापति देउवाले पार्टीले संसद्‌मा रास्वपा सभापतिबारे उठाएका प्रश्नहरु अहिले प्रमाणित भएको दाबी गरे। उनले संसदीय छानविन विशेष समिति गठन गर्दाताका रास्वपा सभापति लामिछानेले सहकारी रकम ठगी गरेको भन्नेबारे आफूलाई विश्वास नलागेको भएपनि अहिले प्रमाणित भएको भन्दै पार्टीका महामन्त्री गगनकुमार थापालाई सो विषय उठान गरी समिति बनाउन खेलेको भूमिकाप्रति धन्यवाद दिए ।

‘सहकारी सम्बन्धी कुरा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको छ । उहाँलाई धन्यवाद दिन चाहन्छु, मैले त पत्याएकै थिइनँ, यस्तो छ भनेर । सहकारीको विषय । मैले वास्तवमा पत्याएकै थिइनँ। रवि लामिछानेजी त कस्तो मान्छे हुनुहुँदो रहेछ भने धेरै चलाख मान्छे । म त छक्कै परेँ कुरा सुनेर,’ सभापति देउवाले भने ।

उनले रवि लामिछाने चलाख मान्छे भएको भन्दै पार्टी महामन्त्री थापाले उठाएका आवाजहरु सही भएको बताए ।

एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन पहल सुरु भइसकेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजामा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरि शिक्षा क्षेत्रको सुधार गर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा राष्ट्रिय शिक्षा दिवस, २०८१ मूल समारोह समितिको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अनलाइन कक्षाबाट विद्यार्थीलाई मुख्य विषयहरु पढाएर एसइईको नतिजामा उल्लेख्य सुधार गर्न थालिएको भन्दै आगामी वर्षको एसइईको नजितामा त्यसको सकारात्मक असर देखिने बताए ।

हाल कायम रहेको शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले शिक्षा, ज्ञान, तप, योग, सभ्यता, संस्कृति रहेको यस भूमिको शिक्षा अब पछाडि परिरहन नसक्ने जिकिर गरे ।

खोज्नुहोस