नेप्सेको ओरालो यात्रा कायमै, ५७ अङ्कले घट्दा ७ अर्बको कारोबार

द एभरेष्ट पोष्ट
३१ भदौ २०८१ १२:३५
नेप्सेको ओरालो यात्रा कायमै, ५७ अङ्कले घट्दा ७ अर्बको कारोबार

काठमाडौं,३१ भदौ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५७ अङ्कले घटेर २५ सयको विन्दुमा झरेको छ ।

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ५७.०३ अङ्कले घटेर २५८०.७६ को विन्दुमा अडिएको हो ।

यस दिन बजारमा १ करोड ७० लाख ६१ हजार ८०७ कित्ता सेयरको खरिदबिक्री हुँदा ७ अर्ब ३६ करोड १९ लाख ८८ हजार रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारका दिन आइतबार मात्रै परिसूचक ५०.७३ अङ्कले घटेर २६३७.७९ को विन्दुमा अडिएको थियो ।

आइतबार बजारमा २ करोड ४८ लाख ४६ हजार ७८२ कित्ता सेयरको खरिदबिक्री हुँदा १० अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बढीको कारोबार भएको थियो । ​​

उपसमूहतर्फ रहेका १३ वटै समूह घटेका राताम्मे भएका छन् । सबै समूहहरू घटेका छन् ।

आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । आज यस कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस