आबुखैरेनी दुर्घटनाबारे गृहमन्त्री लेखकसँग भारतीय राज्यमन्त्रीको छलफल
काठमाडौं । भारतकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले तनहुँको ऐनापहरामा शुक्रबार भएको भारतीय यात्रुबाहक बस दुर्घटनाका सम्बन्धमा जानकारी लिएकी छन् ।
शनिबार नेपाल आएकी राज्यमन्त्री खड्सेले गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखकलगायतका सम्बद्ध सुरक्षा अधिकारीसँग छलफल गरेकी हुन् ।
नेपाल आएलगत्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर घाइेतको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी राज्यमन्त्री खड्सेले दुर्घटनापछि भएको उद्धारको काममा सन्तुष्टि व्यक्त गरेको गृहमन्त्री लेखकले जानकारी दिए ।
घाइतको उपचार पनि निकै राम्रोसँग भइरहेको भन्दै उनले नेपाल सरकारलाई धन्यवाद दिएको लेखकले बताए ।
गृहमन्त्री लेखकले प्रक्रिया पुर्याएर दुर्घटनामा मृत्यु भएकाहरुको शव भारतले लिएर जाने उल्लेख गरे ।
शुक्रबार पोखराबाट काठमाडौंतर्फ आइरहको यूपी ५३ एफटी ७६२३ नम्बरको यात्रुबाहक बस सडकबाट मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको छ । घाइते १६ जनाको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।