मोदीसँग परराष्ट्रमन्त्री आरजू राणाद्वारा भेटवार्ता

द एभरेष्ट पोष्ट
२५ भदौ २०८१ ५:५९
मोदीसँग परराष्ट्रमन्त्री आरजू राणाद्वारा भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी छन् । मोदीसँग भेट भएकोबारे राणाले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् ।

भेटका क्रममा उनीहरुबीच नेपाल भारत सम्बन्ध र यसको बहुआयामिक विविधताबारे छलफल भएको राणाले बताएकी छन् । आफ्नो परराष्ट्रमन्त्रीका रुपमा भएको भ्रमण र भेटवार्ताले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने राणाले अपेक्षा गरेको उल्लेख गरेकी छन् ।

‘भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूसँग आज साँझ नयाँ दिल्लीमा शिष्टाचार भेट गरेको छु । यस भेटवार्ताका क्रममा नेपाल भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भयो । नेपालको परराष्ट्रमन्त्रीका रुपमा मेरो यो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा मैले गरेको छु’, राणाले लेखेकी छन् ।

राणाले यसअघि भारतीय विदेशमन्त्री एस. जय शंकरसँग पनि भेट गरेकी थिइन् ।

One thought on “मोदीसँग परराष्ट्रमन्त्री आरजू राणाद्वारा भेटवार्ता

  1. केपी आली पछि २०८३असारमा प्रधानमन्त्री हुने कांग्रेसको सांसदअहिलेको परराष्ट्र मन्त्री आरजु राणा
    मेरो निजी विचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस