परराष्ट्रमन्त्री राणासँग भारतीय समकक्षी जयशंकरको भेट (भिडिओ)

द एभरेष्ट पोष्ट
२५ भदौ २०८१ ५:५९
परराष्ट्रमन्त्री राणासँग भारतीय समकक्षी जयशंकरको भेट (भिडिओ)

काठमाडौं । परराष्ट्रमन्त्री भएपछि भारतको भ्रमणमा गएकी डाक्टर आरजु राणा देउवासँग भारतीय समकक्षी एस. जयशंकरले भेटेका छन् । जयशंकरले नै भेटको औपचारिक पुष्टि गरेका हुन् ।

राणासँगको भेटको तस्बिर सामाजिक सञ्जालमा राखेर जयशंकरले अब कुराकानी हुने भन्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘परराष्ट्रमन्त्रीको रूपमा पहिलो विदेश भ्रमणको रूपमा भारत आउनु भएकी नेपालकी आरजु राणालाई स्वागत छ ।’

भारतका विदेश सचिव विजय मिस्रीको नेपाल भ्रमण पछि परराष्ट्रमन्त्री राणाको भारत भ्रमण भएको हो । तीन दिने भ्रमण आइतबारबाट सुरु भएको हो ।

भारतीय समकक्षीसँग भेट निश्चित भएको परराष्ट्रमन्त्री राणाको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट भने अहिलेसम्म अनिश्चित भएको परराष्ट्र स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस