प्रधानमन्त्री ओलीलाई भारतीय समकक्षी मोदीको औपचारिक बधाई पत्र

द एभरेष्ट पोष्ट
२५ भदौ २०८१ ५:५९
प्रधानमन्त्री ओलीलाई भारतीय समकक्षी मोदीको औपचारिक बधाई पत्र

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले औपचारिक बधाई दिएका छन् ।

जुलाई १६ मा औपचारिक पत्रमा बधाई दिनु अगाडि मोदीले आफ्नो सामाजिक सञ्जाल ट्विटरबाट अग्रिम बधाई दिइसकेका थिए ।

मोदीको दुई पेज लामो बधाई पत्रमा नेपाल र भारत सदियौँ पुरानो सम्बन्धमा जोडिएको र दुई देशको जनस्तरको सम्बन्ध राम्रो भएको भन्दै मोदीले नेपाललाई भारतको छिमेक प्रथम नीति अन्तर्गतको प्राथमिकतामा परेको साझेदार भनेर चित्रित गरेका छन् ।

मोदीले ओलीको नेतृत्व अनुभवको तारिफ गरेर ती गुणको कारण दुई देशका वृहत् क्षेत्रको साझेदारीमा सहयोग पुग्ने आशा व्यक्त गरेको उल्लेख गरेका छन् ।

2 thoughts on “प्रधानमन्त्री ओलीलाई भारतीय समकक्षी मोदीको औपचारिक बधाई पत्र

  1. नेपालका प्रधानमन्त्री के.पी ओली कसरी भारतिय प्रधानमन्त्री हुनुभयाे ? समाचार प्रिन्ट गर्दा शुद्धा-शुद्धीकाे ख्याल गरि प्रिन्ट गर्नु हाेला ।

  2. वाक्यासं मिलान गरि संशाेधन गर्नु भएकाेमा धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस