मनमोहक बडीमालिका (फोटो फिचर)

द एभरेष्ट पोष्ट
२ असोज २०८१ ५:२३
मनमोहक बडीमालिका (फोटो फिचर)
बाजुरा जिल्लामा पर्ने बडीमालीका सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मीक स्थल मध्य एक हो । समुन्द्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेका छ ।धार्मीक हिसाले मात्र नभएर बडीमालाीका सौन्दर्यका हिसावले पनि निकै मनमोहक रहेको छ ।


बडीमालीका मन्दिर परिसरबाट नजिकै देखिने सुन्दर हिमाश्रृखलाको दृश्यले मनलाई निकै आन्नदीत तुलाउछ । बडीमालीकाको विशेषता अर्थात सौन्र्दय भनेकै यहाँका विशाल फाँटहरु हुन् ।

बडीमालीका मन्दिर सम्म पुग्नलाई बाटोहरु निकै अप्ठायारो रहेको छ । तर मन्दिर पुगेपछीको सुन्दर दृश्यहरुले भने सबै अप्ठयाहरु भुलाउने गर्दछ ।बडिमालिकामा प्रत्येक वर्ष जनै पूणिर्माका दिन ठूलो मेला लाग्दछ ।

बडिमालिका मन्दिरमा दर्शन गरेपछि आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।मन्दिर परिसरबाट आँखै अगाडि देखिने सैपाल हिमालको मनोरम दृश्यले यहाँको सौन्दर्यलाई झनै तिखारेको छ ।बडीमालीका सम्म पुग्नका लागि उचित बास बस्ने स्थान नभएका कारण भक्तजनहरु तथा पर्यटकले खानपिन तथा बासको आफै ब्यबस्थापन गर्नुपर्दछ ।

तस्वीरहरु : सृष्टि रेग्मी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस