गृहमन्त्री लेखक र बेलायती राजदूतबीच भेट

द एभरेष्ट पोष्ट
२५ भदौ २०८१ ५:५९
गृहमन्त्री लेखक र बेलायती राजदूतबीच भेट

काठमाडौं। गृहमन्त्री रमेश लेखक र संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनले शुक्रबार शिष्टाचार भेट भएको छ ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको उक्त भेटवातार्मा द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको लेखकको सचिवालयले जनाएको छ ।

भेटका अवसरमा मन्त्री लेखकले नेपाल र बेलायतबीचको लामो सम्बन्धको प्रशंसा गर्दै नेपालमा लगानीका लागि सकारात्मक वातावरण बन्दै गएकाले बेलायती लगानी भित्र्याउन राजदूत फेनसँग आग्रह गरे ।

राजदूत फेनले लामो समयदेखि प्रगाढ सम्बन्ध रहेको विकासोन्मुख देश नेपाललाई सहयोग गर्ने बेलायत सरकार तयार रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस